Home

  • अध्यक्षः श्री नमराज ढकाल

परिचय

युवाहरुलाई नैतिकवान, सक्षम र सेवामुखी हुन अभिप्रेरित गर्दै समाजमा शान्ति, सम्वृद्धि र सभ्य संस्कृतिकोविकास गर्न उनीहरुलाई संस्थागत ढंगले परिचालन गर्ने उद्देश्यले २०४७ साल माघ १८ गते श्री कृष्णप्रणामी युवा परिषद् नेपालको स्थापना भएको हो । दुर्व्यसन त्यागौ, सेवामुखी बनौ, निरामिष भोजन सेवनगरौ, वातावरण संरक्षण गरौ, आत्मा र परमात्माको अन्तरसम्बन्धलाई आत्मसाथ गरौं भन्ने मुख्य पाँच आधारशिला रहेको यस संस्थाले स्थापना कालदेखि नै अन्धविश्वास, कुरीति, विभेद, हिंसा, धुम्रपान,मद्यपान, लागुपदार्थ, दुर्व्यसन विरुद्ध चेतनामुलक कार्यहरु गर्दै आईरहेको छ ।


संस्थाको उद्देश्य तथा लक्ष्य हासिल गर्न यसको संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तहमा रहेका कार्यकारीसमितिहरुमार्फत योजना, नीति, कार्यक्रम, कार्ययोजना तर्जुमा, कार्यान्वयन, समन्वय, सहयोग, प्रतिवेदनर अनुगमन तथा मूल्यांकनको संस्थागत व्यवस्था मिलाएको छ । संस्था अन्तर्गत संयुक्त प्रदेश समितिसहित ५ वटा प्रदेश समन्वय समिति, ४६ जिल्लामा जिल्ला समितिहरु र स्थानीय तहमा १८७ वटा प्रारम्भिक समितिहरु क्रियाशिल रहेका छन् । यसका साथै अध्ययन तथा रोजगारीका लागि विदेशमा अस्थायी रुपमा बसोबास गर्दै आएका संस्थामा आवद्ध युवाहरुलाई लक्षित गरी गैर आवासिय समितिहरु समेत गठन भई क्रियाशिल रहेका छन्। विदेशमा जापान, मलेशिया, दुवई, कतार, ईजरायल, अष्ट्रेलिया, अमेरिका, मलेसिया, मकाउ, दक्षिण कोरिया गरी १० मुलुकहरुमा गैह्र आवासिय युवा परिषद्हरु गठन गरी विदेशमा रहने युवाहरुलाई अध्यात्मिक एवं सामाजिक सेवाका कार्यहरु क्रियाशिल भईरहेका छन । हाल यस संस्थामा करिब १० हजार युवाहरु संगठित छन्।


यस संस्थले सभ्य, शान्त र सम्वृद्ध समाज निर्माणको लागि युवाहरुको सर्वोपरी विकासमा जोड दिदै उनीहरुलाई स्वयम सेवकको रुपमा सामाजिक सेवाका कार्यहरुमा परिचालन गर्दै आएको छ । संस्थालेरक्तदान, स्वास्थ्य शिविर, छात्रवृत्ति, स्वास्थय सेवा तथा सेचतनामूलक कार्यक्रमहरु, वातावरण संरक्षण, स्वयम् सेवा, विपदमा राहत उद्धार र पुननिर्माणका कार्यक्रमहरु, शाकाहारी एवं पशुवली प्रथा विरुद्ध सचेतना अभियान, युवा शीप एवं उद्यमशिलता विकास, विपन्न र विपदमा परेकालाई आवश्यक संरक्षण,सहयोग एवं सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

— प्रणाम —